गठबन्धन बैठक लगत्तै प्रचण्डले भने- वैशाख ३० को निर्वाचन कुनै पनि हालतमा सर्दैन

हेटौंडा खबर
April 18th, 2022

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ३० गतेको स्थानीय तह निर्वाचन कुनै हालतमा नसर्ने दाबी बताएका छन् । गठबन्धनका दलहरू वैशाख ३० को चुनावप्रति दृढ रहेको उनले बताए ।

माओवादीको प्रचार विभागले शुरू गरेको साप्ताहिक पत्रकार सम्मेलनको शुरुवात गर्दै प्रचण्डले चुनाव सर्ने कुरा अनुमानको भरमा आएको बताएका हुन् ।

‘स्थानीय तहको निर्वाचनमा सबै दल सक्रियतापूर्वक देशव्यापी अभियानमा छन् । बीचबीचमा निर्वाचन के हुन्छ भन्ने आशंकाको रुपमा हेर्ने गरिएको छ,’ प्रचण्डले भने, ‘ निर्वाचन सर्दैन वैशाख ३० गते नै निर्वाचन हुन्छ ।’

चुनावको दिन बिहानसम्म पनि चुनाव सार्ने हल्ला चल्ने गरेको भन्दै प्रचण्डले कुनै भ्रममा नपर्न आममतदातासँग आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*