नेपाली सेनाले माग्यो समाचार सम्पादक र वाचक

हेटौंडा खबर
April 18th, 2022

नेपाली सेनाले समाचार सम्पादक र वाचकका लागि भर्ना खोलेको छ।

अधिकृत तह प्राविधिक उपसेनानी पदका लागि खुल्ला २ जना र आदिवासी जनजातिबाट एक जना गरी तीन जना भर्ना गर्ने भएको हो।आम सञ्चार तथा पत्रकारितामा स्नातक गरेका १८ वर्ष पूरा भई २९ वर्ष ननाघेका पुरुष र ३० वर्ष ननाघेका महिलाले आवेदन दिन सक्नेछन्।

चैत १४ गतेदेखि खुल्ला भएको आवेदन वैशाख १३ गतेसम्म दिन सकिनेछ। दोब्बर दस्तुरमा थप एक हप्तासम्म आवेदन दिन सकिने सेनाले जनाएको छ।

छनौट हुनेले नेपाली सेनाका सिपाही पाक्षिक पत्रिका, नेपाली सैनिक रेडियो कार्यक्रम, माटोले माग्दैन आफैले दिनुपर्छ टेलिभिजन कार्यक्रम र अनलाइनमा काम गर्नु पर्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*