देशभर थप १० जनामा कोरोना संक्रमण

हेटौंडा खबर
April 18th, 2022

देशभर थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। ४ हजार ६९१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ३ हजार ६०० जनाको पिसिआर र एक हजार ९१ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

यस्तै ३४ जना संक्रमित निको भएका छन्। अहिले देशभर ३५० सक्रिय संक्रमित छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*