दाहाल बालुवाटार फर्किए, सिट बाँडफाँटको छलफल जारी

हेटौंडा खबर
April 18th, 2022

महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भागबण्डा गर्न सत्ता गठबन्धन दलका नेताहरू निरन्तर छलफलमा छन् । सोमबार बिहानैदेखि जारी गठबन्धनको बैठक दिउँसो केही बेरका लागि स्थगित भएको थियो ।

त्यसपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टीको प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा भाग लिन पेरिसडाँडा पुगेका थिए । पत्रकार सम्मेलनलाई सम्बोधन गरेर अध्यक्ष दाहाल पुनः प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फर्किएका छन् ।

नेकपा एकीककृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित नेताहरू यस अघिदेखि नै छलफलमा छन् । बैठकमा पाँच वटै दलका नेताहरूले आ–आफ्नो पार्टीको दाबी पेस गरेका छन् भने सोमबार साँझसम्म सिट बाँडफाँटको सहमति हुने नेताहरूले जानकारी दिए ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले पत्रकार सम्मेलनमा बोल्दै सोमबार साँझसम्म महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटको टुंगो लगाउने गरी छलफल भइरहेको बताएका थिए । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरू र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको स्थानीय तह निर्वाचन तयारी समितिका सदस्यहरू सहभागी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*