एमालेसँग परिवार दलले माग्यो २१ पालिका प्रमुख

हेटौंडा खबर
April 18th, 2022

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेको नेपाल परिवार दलले २१ पालिकाको प्रमुखको उम्मेदवारी आफ्नो दलले पाउनुपर्ने दाबी गरेको छ ।

परिवार दलका महामन्त्री सन्तोष पौडेलले २१ पालिकामा परिवार दलको बलियो संगठन रहेको दावी गरे । ‘जहाँ परिवार दल बलियो छ, त्यहाँ हामीले उम्मेदवारी दिन्छौं’, उनले भने, ‘जहाँ एमाले बलियो छ, त्यहाँ हामीले एमालेलाई सहयोग गर्छौं ।’

पूर्वपश्चिम राजमार्गसँग जोडिएका तराइका जिल्लामा आफ्नो संगठन रहेको दाबी गर्दै पौडलले बताए । उनले अनलाइनखरबसँग भने, ‘२१ ठाउँमा पालिका प्रमुखमा कुरा भएको छ । परिवार दलबाट प्राप्त लिस्टहरु हेरेर निर्णय गर्ने एमालेले जानकारी गराएको छ ।’

अघिल्लो स्थानीय तहको निर्वाचनमा परिवार दलले मुगुको एक वडा सदस्यमा जित निकालेको थियो । यसपटक भने वडा तहको बाँडफाँट जिल्ला तहमै टुंगिने पौडेलले बताए ।गत निर्वाचनमा पनि यी दुई दलबीच एउटै चुनावमा प्रतिस्पर्धा गर्ने सहमति गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*