मकवानपुरमा गठबन्धनको भागबण्डामा सहमति जुट्ने सम्भावना निकै कम

हेटौंडा खबर
April 19th, 2022

मकवानपुर जिल्लामा ५ दलीय गठबन्धनको सहमतिको सम्भावना निकै कम रहेको बुझिएको छ ।

पटक पटक बैठक बसेर भागबण्डा मिलाउदा माओवादी केन्द्रले आफ्नो अडान नछाडेपछी गठबन्धनको बैठकबाट सहमति हुन नसक्ने कुरा आएको गठबन्धन स्रोतको दावी छ । ‘हामि धेरै चोटी बैठक बसेर सहमति गर्ने प्रयासमा जुट्यौं तर माओवादी केन्द्रको अडानका कारण सहमति हुदै सकेन र अब सहमति नहोला पनि’, एक नेताले भने ।

मकवानपुरका १० स्थानीय तहको भागबण्डा मिलाउदा हेटौंडा उपमहानगरपालिका बाहेक अन्य २,२ वटा प्रमुख ३ दलले लिने सहमति भएपनि बाकी ३ वटा पालिकाका सहमति जुट्न सकेको छैन । अझै धेरै विवाद वडा तहमा रहेको गठबन्धन स्रोतले बताएको छ ।

जिल्लामा १०२ वटा वडा मध्ये ७० वटा कांग्रेसले, ४६ वटा माओवादीले र ३० वटा एकीकृत समाजवादीले पाउनुपर्ने अडान लिएर बसेका छन् । गठबन्धनमा सहमति नभएपछी नेकपा एकीकृत समाजवादीले हेटौंडाको मेयर, उपमेयर र सबै वडामा आफ्ना उम्मेदवार सिफारिस गरिसकेको छ भने नेपाली कांग्रेसले पनि हिजो हेटौंडाको मेयरका लागि ३ जना र उपमेयरमा ३ जनाको नाम सिफारिस गरेको छ ।

उता माओवादी केन्द्रले पनि आफ्ना उम्मेदवारलाई रेडी अवस्थामा राखेको बताएको छ । हामि नियमित बैठकमै छौं गठबन्धन गरेरै अघि बढ्ने हो’, आन्तारिक रुपमा हाम्रा उम्मेदवारहरु पनि तयारी अवस्थामै हुनुहुन्छ’, माओवादीका एक नेताले भने ।

जिल्लामा गठबन्धनको किचलो बढ्दै जादा यहाँ सहमति जुट्न सक्ने सम्भावना निकै कम देखिन्छ । यद्दपी केन्द्रबाट केहि निर्णय आएपछि मात्र अन्य कदम चाल्ने गरि यहाका गठबन्धन भित्रका दलहरु बसिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*