खुमलटारमा माओवादी बैठक जारी

हेटौंडा खबर
April 19th, 2022

चुनावी तालमेलबारे छलफल गर्न नेकपा माओवादी केन्द्रका पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक बसिरहेको छ।

गठबन्धनको बैठक बस्नुअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा पूर्वस्थायी कमिटी सदस्यको बैठक बसेको हो।सोमबार बसेको सत्ता गठबन्धनको बैठकले मंगलबार महानगरपालिहरूमा गठबन्धनको टुंगो लगाउने भनेको थियो।

सत्ता गठबन्धनसँग भएको छलफलबारे जानकारी गराउन प्रचण्डले बैठक बोलाएका हुन्।सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले मंगलबारसम्म गठबन्धनको टुंगो लगाउने दाबी गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*