हेटौंडामा कारखाना आगलागी नियन्त्रणसम्बन्धी अभ्यास

हेटौंडा खबर
April 19th, 2022

उद्योग तथा कलकारखानामा आगलागी हुँदा कसरी आगो नियन्त्रण गर्न सकिन्छ भन्ने उद्देश्यले मंगलबार औद्योगिक आगलागी व्यवस्थापन सम्बन्धी व्यावहारिक अभ्यास गरिएको छ ।

हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कपडा उद्योगको स्कुललाई एक नमुना कारखाना बनाएर त्यसमा आगलागी हुँदा कसरी जनधनको क्षतिबाट बच्न सकिन्छ भनेर नमूना सुरक्षाकर्मीले अभ्यास ​गरेका हुन् ।

आगलागी हुँदा संयमित भएर बच्न र बचाउन खेल्नुपर्ने भूमिकालाई सुरक्षाकर्मीले डेमोमार्फत देखाएका थिए । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा जिल्ला विपद् व्यवस्थापनले आयोजना गरेको कार्यक्रमको सहजीकरण सशस्त्र प्रहरी गण १४ नम्बरका प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीले गरेका थिए ।

कार्यक्रममा प्रजिअ पाण्डेले आपतविपद कति बेला कसरी आउँछ भन्ने थाहा हुँदैन त्यसैले अगाडि नै तयारी अवस्थामा रहन सुरक्षाकर्मीलाई ध्यानाकर्षण गर्दै नागरिकहरूलाई सचेतना दिन यस्तो कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा जिल्ला रेडक्रस सोसाइटी, गोरखबहादुर गण सुपारेटार, जिल्ला प्रहरी कार्यालय, उद्योग संघ मकवानपुर, हेटौंडा उप–महानगरपालिकालगायतको सहकार्य रहेको थियो ।

कार्यक्रममा उपमेयर मीनाकुमारी लामा, उद्योग संघका अध्यक्ष स्वागतराज प्याकुरेल, जिल्ला प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङ, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक पप्पु शर्मा, नेपाल पत्रकार महासंघ अध्यक्ष मणिराज गौतम लगायत सुरक्षा निकाय प्रमुखहरूको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*