मतपत्र छाप्न बढीमा १० दिन लाग्ने

हेटौंडा खबर
April 19th, 2022

निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले स्थानीय तह निर्वाचनको मतपत्र छपाइ बढीमा १० दिनमा सकिने बताएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । उनका अनुसार हालसम्म एक करोड मतपत्र छपाइ भइसकेको छ अब धेरै छपाइ बाँकी छैन । छपाइ भएको मतपत्र ४६ जिल्लाको लागि भएको उनको भनाइ छ ।

मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छपाइ गरिरहेको छ ।  आयोगले जिल्लामा दलगत स्थितिलाई ध्यानमा राखेर मतपत्र छपाइ गर्दै आएको छ ।आयोगका प्रवक्ता पौडेलका अनुसार सर्वाधिक काठमाडौंमा ४६ वटा दलका लागि मतपत्र छपाइ भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*