एकीकृत समाजवादीले सार्वजनिक गर्यो चुनावी घोषणापत्र
नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय घोषणापत्र सार्वजनिक गरेको छ।राजधानीको प्रज्ञा भवनमा आयोजित नेकपा (गौरवशाली) पार्टीसँगको एकता कार्यक्रममा राष्ट्रिय घोषणापत्र सार्वजनिक गरिएको हो।
हरेक स्थानीय तहमा छुट्टाछुट्टै घोषणापत्र सम्बन्धित कमिटीले ल्याउने नेकपा एसले जनाएको छ।आज सार्वजनिक भएको घोषणापत्र भने केन्द्रबाट जारी भएको राष्ट्रिय घोषणापत्रका रुपमा लिन आग्रह गरिएको छ।
‘घोषणापत्रबारे केन्द्रीय स्तरमा मुल नीति के हो भन्नेबारे हामीले घोषणापत्र तयार गरेका छौं।’ प्रज्ञा भवनमा आयोजित कार्यक्रममा उद्घोषकले भने।
घोषणापत्र पार्टीका अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक गरेका हुन्।
घोषणापत्रमा ४ वटा प्रमुख र ३७ वटा उपबुँदा रहेको जनाइएको छ। एमालेसँग गरेको विद्रोह किन भयो ? भन्नेबारे घोषणापत्रमा समावेश गरिएको जनाइएको छ।

