हेटौंडा जर्नालिजम अवार्डको तयारी पुरा, शनिबार हेटौंडामा हुदैं

हेटौंडा खबर
April 19th, 2022

मकवानपुरका पत्रकारहरुलाई प्रदान गरिने तेस्रो तथा चौथो ‘हेटौँडा जर्नालिजम अवार्ड’ बैशाख १० गते शनिबार हेटौंडामा हुने भएको छ । न्यू मिडिया एकेडेमी एकेडेमी प्रालिले मंगलबार हेटौँडामा पत्रकार सम्मेलन गरी अवार्ड यही महिनाको १० गते हेटौंडा–५ मा रहेको रिगल हेटौंडा रिसोर्टमा हुने जनाइएको छ ।

पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष मणिराज गौतमले कोरोनाका कारण गएको दुई वर्ष अवार्ड कार्यक्रम नसकेको अवार्ड आउँदो वैशाख १० गते हुने बताए ।

कार्यक्रममा यस वर्ष उत्कृष्ट पत्रकार वर्ष अवार्ड (पुरुष तथा महिला) खोज पत्रकारिता वर्ष अवार्ड, चलचित्र पत्रकारिता वर्ष अवार्ड, कार्यक्रम रेडियो पत्रकारिता वर्ष अवार्ड, सम्पादक वर्ष अवार्ड, खेलकुद पत्रकारिता वर्ष अवार्ड, उत्कृष्ट कला पत्रकारिता वर्ष अवार्ड, आर्थिक पत्रकारिता वर्ष अवार्ड, उत्कृष्ट नवप्रवेसी पत्रकारिता वर्ष अवार्ड (महिला तथा पुरुष), उत्कृष्ट अनलाइन पत्रकारिता वर्ष अवार्ड, उत्कृष्ट क्रियाशील पत्रकार वर्ष अवार्ड प्रदान गरिनेछ । २०७७ र २०७८ सालभित्रको कामका आधारमा अवार्ड मूल्यांकनका लागि ३ सदस्य जुरी सदस्य रहने जनाईएको छ ।

अवार्डमा पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्षलाई सम्मान गर्ने जनाइएको छ । मकवानपुरमा पत्रकारितामा क्रियाशिल पत्रकारहरुलाई उत्प्रेरणा र हौसला जगाउन अवार्डको आयोजना गरिएको कार्यक्रम संयोजक श्रीराम अर्जुनले बताए ।

पत्रकार सम्मेलन नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सुनिल खड्का, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, सदस्य सुदिप शिवाकोटी, पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष सरला अधिकारी, ध्रुव अधिकारी, निवर्तमान उपाध्यक्ष कुमार अधिकारीको उपस्थिती रहेको थियो । एकेडमीले २०७५ सालबाट मकवानपुरमै पहिलो पटक जर्नालिजम अवार्ड प्रदान गर्दै आएको छ । पहिलो अवार्ड कार्यक्रम युएईमा गरिएको थियो भने दोस्रो हेटौंडामा नै भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*