कांग्रेसले हेटौंडाको मेयर नपाए एक्लै चुनावमा जाने

हेटौंडा खबर
April 19th, 2022

हेटौंडा उपमहानगरपालिकाको मेयर नेपाली कांग्रेसले पाउनुपर्ने माग राख्दै कांग्रेस नेता तथा कार्यकर्ताले कांग्रेसको मकवानपुर जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । कांग्रेस हेटौंडानगरको बैठक बसिरहेको समयमा उपस्थित नेता कार्यकर्ताले नेतृत्वलाई दवाव दिन पार्टी कार्यालयमा तालाबन्दी गरेपछि बैठकमा सहभागि नगर कार्य समितिका पदाधिकारी र १९ वडाका सभापति आधा घण्टा भित्रै थुनिएका थिए । २ घण्टा पछी प्रहरीको सहयोगमा ताला खोलिएको थियो ।

नगरमा कांग्रेसको राम्रो पकड भएकाले थोरै मत भएको दललाई मेयर दिन नहुने भन्दै पार्टीको केन्द्रीय नेतालाई ध्यानाकर्षण गराउन सांकेतिक विरोध स्वरूप ताला लागिएको कांग्रेस कार्यकर्ताको भनाइ छ ।

उता आज बसेको कांग्रेसको हेटौंडा नगर समितिको बैठकले हेटौंडाको मेयर र बहुमत वडा कांग्रेसले नपाउने अवस्था आएमा गठबन्धनकै दलहरुसंग मित्रवत प्रतिस्पर्धा गर्ने गरि कांग्रेस एक्लै चुनावमा जाने कांग्रेस नगर समितिले निर्णय गरेको छ । पदाधिकारी तथा १९ वडाकै सभापतिको बैठकले मेयर तथा बहुमत वडाध्यक्षहरु नपाएको अवस्थामा गठवन्धनबाट बाहिरिने र मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको कांग्रेस हेटौँडा नगरका सचिव सविन न्यौपाने जानकारी दिए

जिल्लामा १०२ वटा वडा मध्ये ७० वटा कांग्रेसले, ४६ वटा माओवादीले र ३० वटा एकीकृत समाजवादीले पाउनुपर्ने अडान लिएर बसेका छन् । गठबन्धनमा सहमति नभएपछी नेकपा एकीकृत समाजवादीले हेटौंडाको मेयर, उपमेयर र सबै वडामा आफ्ना उम्मेदवार सिफारिस गरिसकेको छ भने नेपाली कांग्रेसले पनि हिजो हेटौंडाको मेयरका लागि ३ जना र उपमेयरमा ३ जनाको नाम सिफारिस गरेको छ ।

उता माओवादी केन्द्रले पनि आफ्ना उम्मेदवारलाई रेडी अवस्थामा राखेको बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*