कांग्रेसकै लागि पद मागेर सांकेतिक विरोध गरिएको हो, कारबाही स्वीकार्य छ : सुनिल गिरी (भिडिओ)

हेटौंडा खबर
April 19th, 2022

मकवानपुरका तरुण नेता सुनिल गिरीले सांकेतिक विरोध स्वरूप पार्टी कार्यालयमा ताला लगाएको बताएका छन् ।

आज दिउसो कांग्रेस नगर समितिको बैठक बसिरहेको बेला कांग्रेस नेता तथा केहि कार्यकर्ताले हेटौंडाको मेयर कांग्रेसले पाउनु पर्ने माग राख्दै मकवानपुर कांग्रेस पार्टी कार्यालयमा ताला लगाएका थिए ।

पार्टी कार्यालयमा ताला लगाएपछी कांग्रेस मकवानपुर सभापति बुद्धलामाले ताला लगाउनेलाई कारवाहीको चेतावनी दिएका छन् ।

सभापतिको चेतावनी पछी तरुण नेता गिरीले पार्टीकै लागि पद माग्दा र सांकेतिक रुपमा विरोध गर्दा पार्टीले कारवाही गर्छ भने स्वीकार्य रहेको प्रतिक्रिया दिएका छन् ।

         उनले दिएको प्रतिक्रिया भिडियो मा हेर्नुहोस ।   

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*