सेञ्चुरी कमर्सियल बैंकको खुद नाफामा १८३.५९ प्रतिशतको वृद्धि

हेटौंडा खबर
April 20th, 2022

सेञ्चुरी कमर्सियल बैंकको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्बजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा १८३.५९ प्रतिशतले बढेको छ। गत वर्ष ३५ करोड ८१ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले यस बर्ष बढाएर १ अर्ब १ करोड ५६ लाख ८३ हजार रुपैयाँ पुर्याउन सफल भएको छ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ११.६६ प्रतिशत र २१२.७६ प्रतिशतले बढेको छ। गत वर्ष १ अर्व ९१ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको बैंकले यस वर्ष बढेर २ अर्व १४ करोड १६ लाख रुपैयाँ पुर्याएको छ। यता, बैंकको सञ्चालन नाफा ४७ करोड २९ लाख रुपैयाँबाट बढेर १ अर्व ४७ करोड ९१ लाख रुपैयाँ पुर्याएको छ।

चैत मसान्तसम्ममा बैंकको निक्षेप ३.१८ प्रतिशत घटेको छ भने कर्जा ११.६६ प्रतिशत बढेको छ।  त्यसैगरी, बैंकको चुक्ता पूँजी ५.७५ प्रतिशत बढेको छ भने जगेडा कोष २३.०१ प्रतिशत बढेको छ।

खुद नाफा बढेसंगै प्रति सेयर आम्दानी पनि बढेको छ। बैंकको प्रति सेयर आम्दानी ८ रुपैयाँ ८८ पैसा बढेर १४ रुपैयाँ १७ पैसा पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ १६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.१७ गुणा रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*