सभापतिको आबेग बिग्रदो सस्कार बिरुद्द हो : कांग्रेस नेता भेटवाल
नेपाली कांग्रेस मकवानपुरका युवा नेता राजेश भेटवालले जिल्ला पार्टी कार्यालयमा भएको तालाबन्दी सस्तो लोकप्रियताका लागि मिडिया स्टन्ट मोह भएको बताएका छन् ।
सस्तो लोकप्रियताका लागि कांग्रेस पार्टीलाई नै क्षति हुने गतिविधि गरिनु दुखद भएको भन्दै उनले सामाजिक संजालमा आफ्नै घरमा तालाबन्दी गर्नु यधुबन्शी शैलिको राजनैतिक संस्कार भएको बताएका छन् ।
उनले लेखेका छन् ‘कहिले पदमुक्त भए भनेर घोषणा गर्ने र पार्टीका तरुण साथिहरुको मनोबल घटाउने क्रियाकलाप गर्ने तत्पश्चात पुन आफ्नो घरमा तालाबन्दी गर्ने पार्टीको बदनाम गराउने अनि नगर अध्यक्ष भनी वक्तब्य दिने कुन यधुबन्शी शैलिको राजनैतिक संस्कार हो यो? पदिय दायित्व अनि मर्यादा मजाकको कुरा हो?यी र यस्ता संस्कारले कहिलेसम्म प्रशय पाउने हो जिल्ला सभापतिज्यु ?’।
पार्टीकुनै व्यक्ति र समुहको बालहठमा नभई विधि पद्धतिले चल्ने भन्दै तालाबन्दीको घटनाले कार्यकर्ताको भावनासंग खेल्ने काम गरेको उनले बताएका छन् ।
हिजो हेटौंडा नगर समितिको बैठक बसिरहेका बेला हेटौंडा उपमहानगरपालिकाको मेयर कांग्रेसले पाउनुपर्ने माग गर्दै तरुण नेता सुनिल गिरीको अगुवाईमा कांग्रेस मकवानपुरको कार्यालयमा तालाबन्दी गरिएको थियो ।
कार्यालयमा तालाबन्दी गरिएपछी जिल्ला सभापति बुद्ध लामाले तालाबन्दी गरिनु अराजकता भएको भन्दै कारवाहीको चेतावनी समेत दिएका थिए । तालाबन्दी भएपछी सभापति लामा आक्रोशित भएका थिए ।
सभापतिको आक्रोसलाइ जोडेर नेता भेटवालले लेखेका छन् ‘ सभापतिको आबेग सम्मान गर्छु, वहाँ को त्यो आबेग आफ्नो घर र बिग्रदो सस्कार बिरुद्द हो’।

