काममा फर्किए गभर्नर अधिकारी

हेटौंडा खबर
April 20th, 2022

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधबार काममा फर्किएका छन्। मंगलबार सर्वोच्च अदालतको अन्तरिम आदेशबाट निलम्बन फुकुवा भएका गभर्नर अधिकारी काममा फर्किएका हुन् ।

गएको चैत २५ गते सरकारले अनुशासनसम्बन्धी विभिन्न आरोप लगाउँदै पदमुक्त गर्ने प्रयोजनका लागि अनुसन्धान समिति बनाएको थियो। त्यससँगै अधिकारी निलम्बनमा परेका थिए। तर सो निर्णयविरुद्ध अधिकारी सर्वोच्च गएका थिए।

सर्वोच्च अदातलमा मंगलबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले रिटको सुनुवाइ गर्दै अधिकारीलाई काम गर्नबाट नरोक्न अन्तरिम आदेश दिएको थियो।

गभर्नर अधिकारीले सरकारले संस्थाविरुद्ध आक्रमण गरेकाले अदालत जान बाध्य भएको बताएका छन्। अदालतले अन्तिम फैसलामा पनि न्याय दिनेमा विश्वस्त रहेको उनको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*