हेटौंडामा सत्ता गठबन्धनबाट मेयरमा पोखरेल र लामाको दाबी

हेटौंडा खबर
April 20th, 2022

हेटौंडा उपमहानगरपालिकाको मेयरमा एकीकृत समाजवादीबाट दुई जना दाबेदार देखा परेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित सत्तारुढ गठबन्धनमा हेटौंडा उपमहानगरपालिकाको मेयर एकीकृत समाजवादीले पाउने सहमति भइसकेको छ । एकीकृत समाजवादीका नेताहरुका अनुसार मेयरको उम्मेदवारमा श्रीधर पोखरेल वा मीना लामाको सम्भावना बढी छ ।

‘आज बिहान पनि छलफल ग¥यौं । दुई जनाको दाबेदारीबारे निर्णय भइसकेको छैन’ मकवानपुर जिल्ला अध्यक्ष समेत रहेका पोखरेल भन्छन्, ‘पार्टीले जे निर्णय गर्छ त्यसमै लाग्ने भन्ने हामी दुबैको कुरा छ ।’ मेयर पदको आकांक्षी मीना हालको उपमेयर हुन् ।

हेटौंडाको राजनीति बुझ्नेहरु मेयर निर्वाचित हुन कांग्रेस मतदाताको विश्वास जित्ने र एमालेको भोट काट्न सक्नुपर्ने बताउँछन् । यसका लागि समन्वयकारी भूमिकामा पोखरेल उपयुक्त हुन सक्ने उनी पक्षका नेताहरु बताउँछन् ।तर उपमेयर भएर गरेको कामका आधारमा लामाको जनसम्बन्ध राम्रो भएकाले पार्टीको भोट समेत बढाउन लामालाई नै मेयरको उम्मेदवार बनाउनुपर्ने उनी पक्षीय नेताहरुको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*