प्रत्येक घरमा बिजुली पुर्‍याउने राप्रपाको घोषणा

हेटौंडा खबर
April 20th, 2022

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ।

बुधबार सार्वजनिक गरेको घोषणापत्रमा प्रत्येक घरमा बिजुली पुर्‍याउने प्रतिबद्धता गरेको छ। सबै वडालाई सडक सञ्जालले जोड्ने र बाह्रै महीना गाडी चल्ने गरी कालोपत्र बनाउने राप्रपाको घोषणापत्रमा उल्लेख छ।

यससँगै सार्वजनिक स्थलमा निःशुल्क वाईफाईको व्यवस्था गर्ने, विपिन्न परिवारका लागि परिचयपत्र र सुपथ मूल्य पसल सञ्चालन गर्ने पनि राप्रपाको योजना छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*