३,८७७ जनामा परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण

हेटौंडा खबर
April 20th, 2022

पछिल्लो २४ घण्टामा देशभर १३ जना कोभिड १९ संक्रमित थपिएका छन् । तीन हजार ८७७  वटा नमुना स्वाबको परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप २५ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३१८ पुगेको छ ।

आज ७६ हजार ३७२ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*