सत्तागठबन्धनबीच सहमति, महानगर र उपमहानगरको भागबण्डा टुंगियो

हेटौंडा खबर
April 20th, 2022

सत्तारुढ दलबीच स्थानीय तह निर्वाचनमा सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बसेको सत्तारुढ दलको बैठकमा ६ महानगर, ११ उपहानगरसहित सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।

आज  बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ । ६ महानगर र ११ उपमहानगरमा दलिय गठबन्धनबीच सिट बाँडफाँटको टुंगो लागेको छ,’ उनले भनिन्, ‘सम्पूर्ण पालिकामा पनि चुनावी तालमेल गर्ने सहमति भएको छ ।’

कांग्रेसले ६ महानगरमध्ये तीन महानगर पाएको छ । कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरपालिकाको मेयर पाउने छ भने पोखरा, चितवन र वीरगञ्जमा उपमेयर पाउनेछ । यसैगरी कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाको मेयर पाउनेछ ।

यस्तै, चितवन महागरपालिका माओवादी केन्द्र, पोखरा एकीकृत समाजवादी र वीरगञ्ज महानगरपालिकाको मेयर जसपाले पाउने सहमति भएको छ । यसैगरी जीतपुर-सिमरा र घोराही उपमहानगरपालिकाको मेयर माओवादी केन्द्रले पाउँदा एकीकृत समाजवादीले हेटौँडा उपमहानगरपालिका र जसपाले जनकपुर उपमहानगरपालिकाको मेयर पाउने सहमति गठबन्धनमा भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*