केकीले प्रेमी रोहित तिवारीसँग आज विवाह गर्दै

हेटौंडा खबर
April 21st, 2022

अभिनेत्री केकी अधिकारी र प्रेमी रोहित तिवारीबीच बिहीबार परम्पराअनुसार विवाह हुँदैछ । बुधबार उनीहरुको मेहेन्दी उत्सव भएको थियो ।

काठमाडौंको धापासीस्थित ग्रान्डी भिल्ला अपार्टमेन्टमा बिहीबार दिउँसो विवाह कार्यक्रम हुन लागेको निकट स्रोतले जनाएको छ । परिवार र निकट आफन्तको उपस्थितिमा विवाह हुने जनाइएको छ ।

निकै गोप्य रुपमा केकी र रोहितले बुधबार मेहेन्दी उत्सव गरेका थिए । विवाह समारोहमा केकीले आफू निकट केही साथीहरुलार्ई पनि बोलाएकी छन् ।

एक वर्षदेखिको प्रेमलाई यी दुईले बिहेमा परिणत गर्न लागेका हुन् । बुधबार नै उनीहरुबीच बिहे भएको हल्ला चलेको थियो । तर हल्लालाई गलत प्रमाणित गर्दै उनीहरुले मेहेन्दीको तस्वीर सार्वजनिक गरेका थिए ।

केकी फिल्म र टेलिभिजन रियालिटी शोहरुमा व्यस्त छिन् भने रोहित हाम्रोबजार डटकमका सीईओ हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*