यस्तो छ डब्ल्यूएचओ महानिर्देशकको नेपाल भ्रमण तालिका

हेटौंडा खबर
April 21st, 2022

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस आधनम तीनदिने नेपाल भ्रमणका लागि आज नेपाल आउँदै छन् । उनी मध्याह्न १२ः२५ बजे इन्डिगो एयरलान्सको जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विमानस्थलमा उनलाई परराष्ट्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव एवं डब्ल्यूएचओका नेपाल प्रतिनिधिहरूले स्वागत गर्नेछन् । उनको बसाइ होटेल मेरियटमा हुने बताइएको छ ।

औपचारिक भ्रमणका क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्रीलगायत व्यक्तिसँग शिष्टाचार भेटवार्तादेखि टाइफाइडविरुद्धको खोप कार्यक्रम विद्यालयहरूमा नै गएर अवलोकन गर्नेसम्मको कार्यतालिका तय भएको छ ।

यस्तो छ डा. टेड्रोसको तीनदिने नेपाल भ्रमण तालिका 
वैशाख ८ गते बिहीबार
१. १२ः२५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण,
२. होटेल मेरियटमा ‘लन्च’,
३. दिउँसो ३ बजे स्वास्थ्यमन्त्री विरोध खतिवडासँग शिष्टाचार भेट,
४. अपराह्न ४ बजे परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेट,
५. बेलुका ५ बजे राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासँग संसद् सचिवालय सिंहदरबारमा शिष्टाचार भेट,
६. साँझ ६ बजेदेखि स्वास्थ्यमन्त्री विरोध खतिवडाले द्वारिका होटेलमा आयोजना गर्ने रात्रिभोजमा सहभागी,
वैशाख ९ गते शुक्रबार
७. बिहान ९ः३० बजे प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा शिष्टाचार भेट,
८. बिहान १०ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा शिष्टाचार भेट,
९. ११ः३० बजे टाइफाइडविरुद्ध खोप लगाइरहेका विभिन्न विद्यालयहरूमा अवलोकनका लागि जाने,
१०. दिउँसो २ बजे राष्ट्रिय प्रयोगशाला टेकुको अवलोकन,
११. दिउँसो ३ बजे पाटन दरबार स्क्वायरको भ्रमण अवलोकन,
१२. साँझ ६–७ बजे होटेल मेरियटमा स्वास्थ्य मन्त्रालयले अनौपचारिक रूपमा आयोजना गर्ने रात्रिभोजमा सहभागी,
वैशाख १० गते शनिबार
१३. बिहान ९ः३० बजे जेनेभा फिर्ता ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*