हेटौंडामा मेयर कांग्रेसले नपाए एक्लै चुनावमा जाने चेतावनी

हेटौंडा खबर
April 21st, 2022

नेपाली कांग्रेस मकवानपुरका बहुमत जिल्ला पदाधिकारी तथा सदस्यहरुले पाँच दलिय गठवन्धनले हेटौँडा उपमहानगरपालिका नेकपा एकिकृत समाजवादीलाई दिने गरि गरेको सहमति आफुहरुलाई मान्य नहुने बताएका छन् ।

नेपाली कांग्रेस मकवानपुरको जिल्ला पार्टी कार्यालय, हेटौँडामा आज पत्रकार सम्मेलनको आयोजना गरि उनिहरुले कांग्रेस कार्यकर्ताको भावना विपरित गरिएको गठवन्धन मान्य नहुने स्पष्ठ पारेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस मकवानपुरका उपसभापति आनन्द कठायतले हेटौँडा समाजवादीको हातमा दिँदा नेपाली कांग्रेसलाई दिर्घकालिन रुपमा आघात पुग्ने दाबी गर्दै केन्द्रीय समितिले हेटौँडाको विषयमा पुनारावलोकन नगरे आफुहरु एक्लै निर्वाचनमा होमिने बताए ।

आम कार्यकर्ताको बुझाई एक्लै निर्वाचनमा जाँदा समेत निर्वाचन जितिन्छ भन्ने रहेको भन्दै उनले केन्द्रले ‘पाथीमा मुरी खनाउनको लागि भनेको तर आफुहरु त्यसो गर्न तयार नरहेको’ धारणा ब्यक्त गरे । नेपाली कांग्रेसले यस अघिको स्थानीय तहको निर्वाचनमा सात हजार मत बदर हुँदा समेत ६ सय मतले मात्र पराजय भोगेको हेटौँडामा जनमतकै एकिन नभएको समाजवादीलाई प्रमुख मान्न आफुहरु तयार नभएको उनको भनाई रहेको छ । उनले गत वर्ष झिनो मतले पराजित भएका आनन्दराम पराजुलीनै मेयरको उम्मेद्वार बनुन भन्ने आम कार्यकर्ताको बुझाई रहेको बताए ।

पत्रकार सम्मेलनमा जिल्ला उपसभापति धर्म लामिछाने, सचिव इश्वर पाठक, भिमसेन महत, कोषाध्यक्ष होमनाथ गौतम, सहसचिव इन्दीरा न्यौपाने, पूर्व सभापति माईकल रामचन्द्र अर्याल, रघुरमण न्यौपाने लगाएतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*