७५३ पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

हेटौंडा खबर
April 21st, 2022

स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।

आज ७५३ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको प्रमुख निर्वाचन अधिकृत दिनेश थपलियाले बताए। उनले अब स्थानीय चुनाव नरोकिने बताउँदै शङ्का नगर्न आग्रह गरे।

निर्वाचन आयोगको कार्यालयमा बिहीबार सञ्चारकर्मीसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले वैशाख ३० गते जसरी पनि चुनाव हुने बताए। उनले भने, “स्थानीय चुनावबारे शङ्का भन्ने शब्द निकाल्नुस्।”

स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए। यससँगै निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन सामग्री पनि पुग्न लागेको बताए।

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ। त्यसका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*