स्थानीय तहको निर्वाचनसम्म रोकियो भन्सार एजेन्टको परीक्षा

हेटौंडा खबर
April 21st, 2022

स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्म भन्सार एजेन्टको परीक्षा नगर्न निर्वाचन आयोगले भन्सार विभागलाई पत्र लेखेको छ । आयोगले निर्वाचनको आचारसंहिता लागू भइसकेकाले विभागलाई निर्वाचन अघि परिक्षा नगर्न भनेको हो ।

यससँगै, वैशाख २० गतेलाई तय भएको भन्सार एजेन्टको परिक्षा पुन: सर्ने देखिएको छ । यसअघि, कोभिड–१९ महामारीका कारणले दुई पटकसम्म परिक्षा सरेको थियो । अघिल्लो वर्ष २०७७ साल फागुनमा विभागले भन्सार एजेन्टको आवेदन खुलाएको थियो ।

त्यसयता दुई पटकसम्म तोकिएको परिक्षा मिति सर्दै आएको थियो । यसपटक पनि परिक्षा सर्ने देखिएको हो । यसअघि, विभागले निर्वाचन आयोगलाई भन्सार एजेन्टको परिक्षा मितिबारे जानकारी दिएको थियो । विभागबाट आएको पत्रलाई कारबाही गर्दा तत्काल परिक्षा गर्न आचारसंहिताले नदिने आयोगको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*