महानगर र उपमहानगरपालिकाका उम्मेदवार छान्न एमाले सचिवालय बैठक जारी

हेटौंडा खबर
April 21st, 2022

महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारको टुंगो लगाउन नेकपा एमाले केन्द्रीय सचिवालय सदस्यको बैठक सुरू भएको छ ।

अध्यक्ष केपी ओलीको निवास बालकोटमा जारी बैठक उम्मेदवार छनौटमै केन्द्रित रहने उपमहासचिव विष्णु रिमालले जानकारी दिए । एमालेले महानगर र उपमहानगरपालिकाका मेयर तथा उपमेयरको टुंगो केन्द्रबाट लगाउने वैधानिक व्यवस्था छ ।

६ वटा महानगरपालिकामध्ये ललितपुमा हरिकृष्ण ब्यन्जनकार, वीरगञ्ज विजय सराबगी र भरतपुरमा विजय सुवेदीको नाम मेयरका लागि सर्वसम्मतरूपमा सिफारिस भइसकेको छ ।

उपमहानगरपालिकातर्फ भने एमालेका उम्मेदवार सर्वसम्मत सिफारिस नभएकाले प्रदेश कमिटीको सुझावसमेतका आधारमा टुंगो लगाइने भएको छ ।कतिपय महानगर र उपमहानगरमा उपमेयर अन्य दललाई दिनेबारे पनि छलफल भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*