सुनको भाउ स्थिर, चाँदीको घट्यो

हेटौंडा खबर
April 22nd, 2022

 शुक्रबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९०० रुपैयाँ कायम छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४०० रुपैयाँ रहेको छ ।
यता, शुक्रबार चाँदीको भाउ भने प्रतितोला २० रुपैयाँले घटेर १३६० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १३८० रुपैयाँ कायम रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*