५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छापियो

हेटौंडा खबर
April 22nd, 2022

आगामी ३० वैशाखमा तय भएकाे स्थानीय तहको निर्बाचनका लागि २४ जिल्लाको मतपत्र छापिन मात्रै बाँकी छ ।

निर्वाचन आयोगका अनुसार ५३ जिल्लाका लागि मतपत्र छपाई सकेर मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखम्बु र काठमाडौंमा निर्वाचन सामाग्रीसमेत पठाइसकिएको छ ।

‘वैशाख ८ गतेसम्म ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छपाइको काम सकिएको छ, बाँकी २४ जिल्लाका मतपत्र छपाइको काम शुरु गरिँदैछ,’ आयाेगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

उनका अनुसार ४४ वटा राष्ट्रिय संस्थाका १० हजारभन्दा बढी पर्यवेक्षकले स्थानीय तह निर्वाचनको पर्यवेक्षण गर्दैछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*