राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवासँग गेब्रेयससको शिष्टचार भेट

हेटौंडा खबर
April 22nd, 2022

नेपाल भ्रमणमा रहेका विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोमा गेब्रेयससले राष्ट्रिपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटघाट गरेका छन्।

शीतल निवासमा गेब्रेयसस र भण्डारीबिच छलफल भएको हो। त्यसक्रममा भण्डारीले कोरोना भाइरस महामारीका क्रममा संगठनले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए।

यस्तै, महानिर्देशक गेब्रेयससले शुक्रबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेटघाट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र गेब्रेयससबिच छलफल भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*