एमाले सांसदद्वारा राजीनामा

हेटौंडा खबर
April 22nd, 2022

संसदमा प्रमुख विपक्षी दल नेकपा एमालेका एक जना सांसदले राजीनामा दिएका छन् । एमालेका बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले राजीनामा दिएका हुन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन उनले हिजो राजीनामा दिएका हुन् । एमालेबाट भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिन उनले राजीनामा दिएको बताइएको छ ।

२०७४ सालको प्रदेश सभा निर्वाचनमा चितवनको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित सुवेदीले हिजो प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष लिखित राजीनामा बुझाएका हुन् ।

भरतमा आगामी निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट हालका मेयर रेनु दाहाल नै उम्मेदवार हुने निश्चित छ । यसअघि पनि भरतपुरमा नेपाली काँग्रेस र माओवादीबीच तालमेल भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*