कक्षा ११ को अंक थप्ने परीक्षा जेठमा
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को साधारण (संगीत, ललितकला समूहसमेत) तथा प्राविधिक विषय समूहतर्फको ग्रेडवृद्धि एव्म आंशिक परीक्षा तालिका सार्वजनिक गरेको हो ।
(रजिष्ट्रेशन नम्बरका सुरुको दुई अंक ७१–७२–७३–७४–७५–७६ भएका) को वार्षिक परीक्षा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड र सामाजिक दूरीको पालना गरी सञ्चालन गर्ने गरि तालिका सार्वजनिक गरिएको कार्यालयले जनाएको छ ।
आगामी जेठ २९ गतेदेखि असार ६ गतेसम्ममा परीक्षा सम्पन्न हुने गरी तालिका सार्वजनिक गरिएको छ । परीक्षा बिहान आठ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
प्रकाशित तालिकाअनुसार अनुपस्थित हुने परीक्षार्थीलाई पुनः अर्को परीक्षाको व्यवस्था गरिने छैन । साथै, आकस्मिक बिदा पर्न गएमासमेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाबिना परीक्षा स्थगित नगरिने कार्यालयको भनाइ छ ।

