सत्ता गठबन्धनका दलहरुवीच भएको सहमति अनुसार कांग्रेसलाई तीन-तीन जना मेयर र उपमेयरको उम्मेदवार कांग्रेसका हुनेछन् । बुधबार भएको सहमति अनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार बनाउनेछ ।
वीरगञ्ज, भरतपुर र पोखराको उपमेयरमा कांग्रेसका उम्मेदवारलाई सत्तागठबन्धनका अन्य दलले सघाउने छन् । सत्ता गठबन्धनका दल वीच भएको सहमति अनुसार कांग्रेसको केन्द्रीय संसदीय समितिले ६ जनाको मात्रै टिकट वितरण गर्ने अवस्था बनेको छ ।
सत्ता गठबन्धनले उपमहानगरमा मेयर÷उप मेयर कहाँ कुन दलका उम्मेदवार हुने टुंगाएको छ । उपमहानगरका मेयर तथा उपमेयरलाई टिकट वितरण गर्ने अधिकार भने केन्द्रीय संसदीय समितिलाई हुँदैन । कांग्रेसको प्रदेश संसदीय समितिले नगरपालिका र उप महानगरको टिकट वितरण गर्ने विधानको व्यवस्था छ । तर,कांग्रेसमा तल्लो तहमा पनि केन्द्रले हस्तक्षेप गर्दै आएको गुनासो आइरहेको हुन्छ ।
सत्ता गठबन्धनको निर्णय अनुसार धरान, इटहरी, कलैया, बुटबल, तुलसीपुर, नेपालगञ्ज र धनगढी महानगरमा कांग्रेसका मेयर उम्मेदवार हुनेछन् । उपमेयरमा भने कांग्रेसले ४ वटा उपमहानगरपालिकामा भाग पाएको छ । जितपुर सिमरा, घोराही, जनकपुर र हेटौंडा उपमहानगरमा कांग्रेसका उपमेयरका उम्मेदवार हुनेछन् ।

