एमालेद्वारा १७ योद्धा सम्मान
हेटौंडा खबर
April 22nd, 2022
नेकपा एमालेले कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा १७ योद्धालाई सम्मान गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित कार्यक्रममा कम्युनिस्ट आन्दोलनलाई उचाईमा पुर्याउन सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनीहरुलाई प्रमाणपत्र र पुष्पगुच्छासहित अध्यक्ष केपी शर्मा ओलीले सम्मान गरेका हुन् ।

