भारतमा २४ घण्टाभित्र कोरोनाका २,५९३ नयाँ संक्रमित भेटिए

हेटौंडा खबर
April 24th, 2022

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका २,५९३ नयाँ संक्रमित भेटिएका छन् जुन अघिल्लो दिनको तुलनामा थोरै मात्रै धेरै हो ।

शनिबार भारतमा कोरोनाका २,५२७ नयाँ संक्रमित भेटिएका थिए र ३३ जनाको मृत्यु भएको थियो जबकी आइतबार सार्वजनिक भएको आँकडामा पछिल्लो २४ घण्टामा ४४ जनाको मृत्यु भएको छ ।

भारतमा यतिबेला कोरोनाका कुल संक्रमितको संख्या ४.३० करोडभन्दा बढी पुगिसकेको छ जबकी कुल मृत्युको आँकडा ५.२२ लाख पार भइसकेको छ ।यस्तै, दिल्लीमा शनिबार कोरोना संक्रमितका १,०४२ नयाँ संक्रमित भेटिएका थिए । दिल्लीमा पोजिटिभिटी दर ४.८२ प्रतिशत पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*