नेपाल भित्रियो अमेरिकी ब्रान्ड टोमी हिलफिगर
अमेरिकी ब्रान्ड टोमी हिलफिगर नेपाल भित्रिएको छ ।
कपडाहरुका लागि राम्रो ब्रान्ड मानिएको टोमी हिलफिगर नेपाल भित्रिएको हो ।नेपालका विभिन्न स्थानमा कपडाको व्यापार गर्दै आएको आरपी ग्रुपले यो ब्रान्ड नेपाल भित्र्याएको हो ।
शुक्रबारदेखि ललितपुरको लबिम मलमा यस ब्रान्डका कपडाहरु राखिएको छ ।बालबालिका, महिला र पुरुषहरुका लागि यो ब्रान्ड प्रसिद्ध मानिन्छ ।ग्रुपका अनुसार अब यस ब्रान्डका आउटलेटहरु काठमाडौंका विभिन्न स्थानमा खुल्नेछन् ।
अहिले भने भर्खरै सुरुवात भएकोले लबिम मलमा नै राखिएको छ । आरपी ग्रुपले लुइस फिलिप, डब्लु ओरेलियो, इन्डियन टेरियनलगायतका ब्रान्ड नेपाल भित्र्याएको छ ।


