धारा ३७० खारेजपछि जम्मूमा मोदीको पहिलो भ्रमण, भयो भव्य स्वागत
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार जम्मूको साम्बा जिल्लाको पल्ली गाउँमा पुगेका छन्। भव्य स्वागतकाबीच भारतीय प्रधानमन्त्री मोदी साम्बामा हुने पञ्चायती राज दिवसमा सहभागी हुँदै छन् ।
जम्मुको भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीले दुईवटा जलविद्युत आयोजनाको उद्घाटन गर्नुका साथै दिल्ली–कटरा एक्सप्रेसवे परियोजनाको शिलान्यास पनि गरेका छन् ।
दुई वर्षअघि धारा ३७० खारेज गरेपछि भारतीय प्रधानमन्त्रीको यो पहिलो जम्मू कश्मीर भ्रमण हो।भारतीय प्रधानमन्त्री मोदीले बनिहाल र काजीगुण्ड सडक सुरुङको पनि उद्घाटन गरेका छन्।
यस्तै उनले अमृत सरोवरू मिशनको पनि शुभारम्भ गरेका छन्, भने साम्बामा राष्ट्रिय पञ्चायत पुरस्कारका विजेताहरूलाई डिजिटल रूपमा रकम हस्तान्तरण समेत गरेका छन् ।जम्मूमा जनतालाई सम्बोधन गर्दै मोदीले भनेका छन्,’म यहाँ जम्मू-कश्मीरमा विकासलाई गति दिन विकासको सन्देश लिएर आएको छु।’
‘हाम्रो ध्यान कनेक्टिभिटी र दुरीहरु नजिक गराउनुमा छ। हाम्रो उद्देश्य जम्मू-कश्मीरमा सबै मौसमीय कनेक्टिभिटी प्रदान गर्नु हो,’ उनले अघि भने ।

