६ ग्राम ब्राउन सुगरसहित मकवानपुरबाट एकजना पक्राउ
हेटौंडा खबर
April 24th, 2022
प्रहरीले ६ ग्राम ६८० मिलिग्राम ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका-५ बस्ने ३३ वर्षीय सन्तोष पोखरेल हरेका छन् ।उनको साथबाट प्रहरीले ६ ग्राम ६८० मिलिग्राम लागुऔषध ब्राउन सुगर, शंखसमेत बरामद गरेको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

