हेटौंडा अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु
बागमती प्रदेशको राजधानी हेटौंडा स्थित हेटौंडा अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्यु भएको छ ।
पीडितका आफन्तहरुले चिकित्सकहरुको लापारवाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् ।
बाराको जीतपुर सिमरा उपमहानगरपालिा वडा नम्बर २२ स्थायी घर भइ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा डेरा गरी बस्ने ३१ बर्षीया सीतामायाँ मोक्तानको गएराति मृत्यु भएको हो ।
सुत्केरी गराउनका लागि बैशाख ८ गते हेटौंडा अस्पतालमा ल्याइएको र ९ गते शल्यकृया गरी १० गते अति सघन कक्ष (आइसियू) मा बिरामीलाई राखिएकोमा उनको गएराति मृत्यु भएको जानकारी आफूहरलाई चिकित्सकहरुले दिएको मृतककी बहिनी देवी लामाले बताइन् ।
शव अस्पतालकै शवगृहमा राखिएको छ । नवजात शिशुको अवस्था सामान्य रहेको बताईएको छ ।

