जसपाको चुनावी घोषणापत्र सार्वजनिक

हेटौंडा खबर
April 24th, 2022

जनता समाजवादी पार्टी (जसपा)ले स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ। आइतबार एक समारोहका बीच जसपाले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो।

घोषणापत्रमा पशु बिमा कार्यक्रम पाँच वर्षभित्र लागु गर्ने उल्लेख छ। यस्तै, उद्योगहरुलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्ने भनेको छ। कृषि उद्यमीको हकमा पाँच प्रतिशत भन्दा बढी व्याजदर सरकारले व्यहोर्ने उल्लेख छ।

विकासको पूर्वाधार, शिक्षाको पूर्वाधार तयार गर्ने र कृषि कार्यमा लगानी बढाउने उल्लेख छ। स्वास्थ्य, रोजगारी पनि बढाउने उल्लेख छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*