मकवानपुरमा कांग्रेसको तर्फबाट यी हुन् गाउँपालिका अध्यक्ष, उपाध्यक्षका उम्मेदवार
नेपाली कांग्रेसले मकवानपुरमा आफ्नो भागमा परेका गाउँपालिका अध्यक्ष, उपाध्यक्षहरुको नाम टुंग्याएको छ ।
नेपाली कांग्रेस संसदीय समिति मकवानपुरले आज उम्मेदवारको नामावली टुंगो लगाएको हो ।
कांग्रेसको तर्फबाट बकैया गाउँपालिका अध्यक्षमा धर्मराज लामिछाने, मकवानपुर गढी गाउँपालिका अध्यक्षमा दोर्जे लामा स्याङतान, कैलाश गाउँपालिका अध्यक्षमा लोकबहादुर मुक्तान ४, राक्सीराङ गाउँपालिका अध्यक्षमा राजकुमार मल्ल र मनहरी गाउँपालिका अध्यक्षमा रञ्जन कालाखेतीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यस्तै बागमती गाउँपालिका उपाध्यक्षमा फणिन्द्र तिमल्सिना, भीमफेदी गाउँपालिका उपाध्यक्षमा मोमलाल दोङ र ईन्द्रसरोबर गाउँपालिका उपाध्यक्षमा निर्मला रुम्बालाई उम्मेदवार बनाउने भएको छ ।

