आज नेपाली बजार घट्यो सुनचाँदीको मूल्य

हेटौंडा खबर
April 25th, 2022

 आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

हिजो आइतबार प्रतितोला एक लाख ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला एक लाख २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ७०० रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो आइतबार प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हाजार ३५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*