हेटौंडा २ मा राजबहाकको स्वतन्त्र उम्मेदवारी

हेटौंडा खबर
April 25th, 2022

हेटौंडा वडा नम्बर २ मा कांग्रेसका युवा नेता सुदीप राजबहाकले वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले स्वतन्त्र उम्मेदवारीको रुपमा आफुलाई अगाडी बढाएको बताए ।

सोमबार निर्वाचन कार्यालय पुगी आफ्नो उम्मेदवारी दर्ता गराएको बताएका छन् । राजबहाक यस अघि कांग्रेसबाट एक मात्र वडा सदस्य निर्वाचित जनप्रतिनिधि हुन् ।

युवा माझ लोकप्रिय नेताको रुपमा पछिल्लो समय राजनितिमा होमिएका राजबहाक कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारीका रुपमा प्रस्तुत भएका हुन् ।

उम्मेदवारी दर्ता गराउदैं राजबहाकले वडा सदस्य हुदाँ जनताको काममा निरन्तर लागि परेको बताउँदै केही अधुरा विकास निर्माणका काम पुरा गर्न अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*