हेटौंडाको मेयरमा मिना लामा र उपमेयरमा राजेश बानियाँको उम्मेदवारी दर्ता
हेटौंडाको मेयरका लागि मिना कुमारी लामा र उपमेयरको लागि राजेश बानियाले उम्मेदवारी दर्ता गराएका छन् ।
गठबन्धनको तर्फबाट केहिबेर अघि उनिहरुले उम्मेदवारी दर्ता गराएका हुन् । मेयरकि उम्मेदवार लामा नेकपा एकीकृत समाजवादि र बानियाँ नेपाली काङ्ग्रेसका हुन । निकै सकसका वाबजुत आज बिहान मात्रै उपमेयरको लागि बानियाँ उम्मेदवार बनाउने काङ्ग्रेसले निर्णय गरेको थियो ।
गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ताका लागि झाकी, र्याली र बाजागाजा सहित हेटौंडा बजार परिक्रमा गरि गठबन्धनका उम्मेदवार नेता तथा कार्यकर्ता हेटौंडा स्थित निर्वाचन अधिकृतको कार्यलय पुगेका थिए ।


