हेटौंडामा एमालेका २ उम्मेदवार विरुद्ध उजुरी, आरोप पुष्टि भए उम्मेदवारी खारेज
हेटौंडा उपमहानगरपालिकामा २ जना उम्मेदवार विरुद्ध उजुरी परेको छ ।
हेटौंडा उपमहानगरपालिकामा नेपका एमालेको तर्फबाट ४ नम्बर वडा अध्यक्षका उम्मेदवार नविन सिग्देल र १९ नम्बर वडाका वडाअध्यक्षका उम्मेदवार नरनाथ सुवेदी विरुद्ध उजुरी परेको हेटौंडा स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
हेटौंडा उपमहानगरपालिका -४ का वडा अध्यक्षका उम्मेदवार सिग्देललाई अबैधानिक उपभोक्ता समिति गठन गराई राज्य कोषको रकम निकाशा गरेको आरोपमा उजुरी परेको हो भने हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ को वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका नरनाथ सुवेदी माथि करछलीको आरोपमा उजुरी परेको हो ।
उजुरी परेका उम्मेदवारहरुलाई स्पष्टीकरण सोधिएको र स्पष्टिकरणसमेत आइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मेदवारहरु विरुद्ध परेको उजुरी उपर छानविन भैरहेको बताइएको छ । यदि आरोप पुष्टि भए उनीहरुको उम्मेदवारी खारेज हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


