प्रधानमन्त्री देउवाको सम्मानमा भाजपाले बनायो सुन्दर पोस्टर
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शेरबहादुर देउवा आज (शुक्रबार) टोलीसहित भारतको औपचारिक भ्रमणमा निस्किँदै छन्।
नेपालका प्रधानमन्त्री देउवा आफ्नो मुलुकको भ्रमणमा आउने भएपछि भारतीय जनता पार्टी (भाजपा) ले उनको सम्मानमा सुन्दर पोस्टर बनाएको छ। प्रधानमन्त्री देउवा चार मन्त्रीसहित ५० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतीय समयाअनुसार आज दिउँसो २:५० बजे नयाँ दिल्ली पुग्नेछन्।

