एकैदिनमा १४ अर्बले बढ्यो निक्षेप

हेटौंडा खबर
April 5th, 2022

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन एकदिन १४ अर्बले बढेको छ ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चैत २० गते निक्षेप १४ अर्बले बढेर ४९ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । चैत १९ गते बैंकहरूको निक्षेप ४८ खर्ब ९८ अर्ब रूपैयाँ रहेको थियो।

यस्तै, चैत १९ गते ४३ खर्ब २९ अर्व रुपैयाँ रहेको बाणिज्य बैंकको निक्षेप १३ अर्वले बढेर ४३ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको तथ्यांकमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप बढेपछि कर्जा लगानी भने घटेको छ । करह लगानी १ अर्बले घटेर ४७ खर्बमा सिमित भएको छ। चैत १९ गते बैंकहरुको कर्जा लगानी ४७ खर्व १ अर्व रहेको थियो।

चैत १९ गतेसम्म बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.८४ प्रतिशत रहेकोमा चैत २० गतेसम्म घटेर ९०.५९ प्रतिशत पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*