सत्ता गठबन्धनको निर्वाचन परिचालन तथा अनुगमन समितिको पहिलो बैठक बुधबार बस्दै

हेटौंडा खबर
April 5th, 2022

सत्ता गठबन्धनमा आबद्ध दलका नेताको मंगलबारको बैठकले गठन गरेको स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठक बुधबार बस्ने भएको छ ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको संयोजकत्वमा रहेको समितिको बैठक बुधबार दिउँसो २ बजेका लागि बोलाइएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुबाटारमा बस्ने पौडेलको सचिवालयले जानकारी दियो ।

“सत्ता गठबन्धन दलहरूबीच तालमेल कसरी गर्ने, चुनावी परिचालन कसरी गर्ने भन्ने विषयहरू छन्, छलफल यिनै विषयमा हुन्छ,” सचिवालयले बाह्रखरीसँग भन्यो ।

१० सदस्यीय समितिमा सत्ता गठबन्धनमा आबद्ध दलहरूबाट दुई÷दुईजनाको सहभागिता छ । कांग्रेसका तर्फबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)का तर्फबाट नेताहरू वर्षमान पुन र देव गुरुङ, नेकपा (एकीकृत समाजवादी)का तर्फबाट महासचिव बेदुराम भुसाल र उपमहासचिव डा. विजय पौडेल, जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट नेता अशोक राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव र राष्ट्रिय जनमोर्चाका नेता हिमाल पुरी सदस्य छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*