बी डिभिजन लिगमा सामाजिकको चौथो जित
हेटौंडा खबर
April 6th, 2022
शहीद स्मारक बी डिभिजन लिगमा सामाजिक युथ क्लबले चौथो जित निकालेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार दिउँसो भएको खेलमा सामाजिकले टुसाल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।सामाजिकको जितमा सुरेश खत्रीले २ गोल गरे ।

