सन्तोष चौलागाईंलाई पदमै रहेर काम गर्न दिन अदालतको आदेश

हेटौंडा खबर
April 6th, 2022

बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंलाई पदमै रहेर काम गर्न दिन उच्च अदालत पाटन हेटौँडा इजलाशले आदेश जारी गरेको छ ।

उच्च अदालत पाटन हेटौंडा इजलाशका न्यायाधीश चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलाशले चौलागाईलाई पदबाट हटाउने बागमती प्रदेश मन्त्री परिषद्को निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै चौलागाईलाई पदमै रहेर काम गर्न दिन आदेश जारी गरेको हो ।

चौलागाईलाई यसअघि बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले मन्त्री परिषदको बैठकको निर्णय अनुसार पद मुक्त गरेको थियो ।

चौलागाईले मुख्यमन्त्री र विभागीय मन्त्रीसँग समन्वय नगरी काम गरेको, परिषद्को आन्तरिक गोपनीयता भंग गरेको, प्रदेश सरकारको लोगो दुरुपयोग गरेको भन्दै पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*