चैत २८ भित्र उम्मेदवार सिफारिस गर्न लोसपाको निर्देशन

हेटौंडा खबर
April 8th, 2022

स्थानीय तहको निर्वाचनका लागि चैत २८ गतेभित्र उम्मेदवारको सिफारिस गर्न लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले निर्देशन दिएको छ।

पार्टीका वडा र पालिकास्तरबाट उम्मेदवारको सिफारिस चैत २८ गतेभित्र केन्द्रमा पठाइसक्न निर्देशन पठाइएको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए। स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै अहिले देशव्यापी रुपमा लोसपाका केन्द्रीय पर्यवेक्षकहरु जिल्ला जिल्लामा खटिएका छन्।

उनीहरुले त्यहाँ प्रशिक्षणात्मक र अन्य कार्यक्रम गरिरहेका छन्। बिहीबार जिल्लाहरुमा लोसपाका केन्द्रीय पर्यवेक्षकहरुको उपस्थितिमा विस्तारित बैठकहरु समेत आयोजना गरिएका छन्।

स्थानीय तहको निर्वाचन स्थानीय तहका प्रमुख र उपप्रमुख एवम् वडाध्यक्षलगायत उम्मेदवारको नाम सिफारिसका लागि निर्देशन दिइएको हो। नेता झाले देशैभर पार्टीले चुनावमा उम्मेदवारी दिने तयारी गरेको जानकारी दिए।

०७४ मा मधेश प्रदेशमा तत्कालीन राजपाबाट २५ प्रमुख र ३१ उपप्रमुख जितेको थियो। राजपा र समाजवादीबीच एकीकरण भएर जसपा बनेको थियो। तर, जसपा विभाजन भएपछि महन्थ ठाकुरको नेतृत्वमा लोसपा गठन भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*